images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबलाई ८ विकेटको सफलता

रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबलाई ८ विकेटको सफलता

images
images
images
आइतवार, फाल्गुण २१ २०७९
आइतवार, फाल्गुण २१ २०७९
  • रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबलाई ८ विकेटको सफलता

    भैरहवा, फागुन २१ । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले मल बुटवल राइनोजलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।

    images
    images
    images

    सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित ५० ओभरमा खेलमा २३.२ ओभरमा सबै विकेट गुमाउँदै ५९ रनको झिनो योगफलमा रोकियो । उसकालागि शिव कुँवरले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् ।

    उसलाई सस्तैमा रोक्न मेलवर्नका बलर चम्किए । मेलवर्नमा सन्देश जिसी र रोशनलाल गुप्ताले ३–३ तथा मोहम्मद हुसेन र विष्णु कटरियाले २–२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको मेलवर्नले ९.१ ओभरमा २ विकेटको नोक्सानीमा ६३ रन बनाउँदै जित निकाल्यो । उसका लागि समिर खानले २१, विजय प्रजापति र विष्णु कटरियाले नटआउट क्रमशः १७ र ११ रनको योगदान दिए । बलिङमा बुटवलका शिव कुँवरले २ विकेट लिए । मेलवर्नमा विष्णु कटरिया म्यानअफ द म्याचभई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

    चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यानअफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यानअफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्थामिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij