२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

युवा नेता मोहम्मद अली लोसपा प्रदेश कार्यकारिणी सदस्यमा मनोनित

आइतवार , फाल्गुण २१, २०७९

  • 10.1K
    Shares
  • 10.1K
    Shares
  • भैरहवा, २१ फागुन । युवा नेता मोहम्मद अली लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)को लुम्बिनी प्रदेश समितिको कार्यकारिणी सदस्यमा मनोनित भएका छन् । उनलाई शनिबार पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेयले कार्यकारिणी सदस्यमा मनोनित गरेका हुन् ।

    शुक्रबार लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले अलीलाई लोसपामा प्रवेश गराएका थिए । सिद्धार्थनगर नगरपालिका–४ निवासी अलीले आफूलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।