
आइतवार , फाल्गुण २१, २०७९
भैरहवा, २१ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी व्यवसायीको समस्या समाधानका गर्न लागिपर्ने बताएका छन् । संघको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित श्रेष्ठले आफूहरुलाई उद्योगी व्यवसायीले विश्वासका साथ नेतृत्वमा पुर्याउनुभएको बताए ।
अध्यक्षमा निर्वाचित भएपछि खबरपात्रोसँग कुराकानी गर्दै श्रेष्ठले २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघको आफ्नै इतिहास र गरिमा भएको बताए । उनले भने, ‘संघको इतिहास र विरासतलाई कायम राख्दै संघमा आबद्ध उद्योगी व्यवसायीका समस्या समाधानका लागि हरपल लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु । ’
उनले अहिलेको विषम परिस्थितिमा उद्योग व्यवसायको अवस्था कमजोर रहेको र आर्थिक स्थितिलाई उकास्न तथा निजी क्षेत्रलाई हरेक क्षेत्रसँग जोड्न पहल गर्ने बताए । उनले आफूसँग संघको पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत र कर्पोरेट सदस्यमा निर्वाचित गराउनुहुने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका छन् ।
श्रेष्ठले १ हजार १ सय ७ मत पाउँदा उनका प्रतिद्वन्द्वी विजय पाण्डेले ६ सय ८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij