२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

आइतवार , फाल्गुण २१, २०७९

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २१ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका छन् । २ हजार १ सय ९३ जना मतदातामध्ये १ हजार ८ सय २८ जना मतदाता शनिबार भएको निर्वाचन प्रक्रियामा सहभागी लिएका थिए । सोमध्ये श्रेष्ठले १ हजार १ सय ७ मत पाउँदा उनका प्रतिद्वन्द्वी विजय पाण्डेले ६ सय ८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए । श्रेष्ठले अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए भने पाण्डेले महासचिवको जिम्मेवारी सम्हालेका थिए ।

    संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य १ हजार २ सय ५५ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्वन्दी अरुण कुमार गोयनकाले ५ सय ४७ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली १ हजार १ सय २३ मत प्राप्त गरी विजयी भएका छन् ।सोही पदका अर्का उम्मेदवार रवि कुमार श्रेष्ठले ६४३ मत पाए ।

    उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु ८९४ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याइ विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी गोपाल भण्डारीले ८०४ मत प्राप्त गरे । कोषाध्यक्षमा कमल प्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी भएका छन उनका निकटतम प्रतिद्वन्द्वी गौरब श्रेष्ठले ५१८ मत र कोषाध्यक्ष पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत ल्याए । सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी ९९२ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी धर्मवीर शर्माले ७७९ मत पाए ।

    IMG_0248.JPG

    वस्तुगत सदस्यमा ५ मत ल्याइ प्रितम रौनियार ५ मत पाइ विजयी भएका छन । उनका प्रतिद्वन्द्वी चन्द्र प्रकाश श्रेष्ठले ४ मत पाए ।

    उद्योगतर्फ खुल्ला सदस्यहरुमा ओम जैसी (१२४१), रमेश घिमिरे (११७७), रचना क्षेत्री (११५६), कमल ज्ञवाली (११२७) र विष्णुमाया शर्मा पौडेल (८६१) मत ल्याइ विजयी भएका छन ।

    वाणिज्य तर्फ खुल्ला सदस्यमा अर्जुन कार्की (१२१०), प्रमोद रिजाल (१३०१), विशाल जैसवाल (१२८३), कृष्ण प्रसाद अधिकारी (१२७६), विरेन्द्र ज्ञवाली (१०७५), दिनेशमान अमात्य (१२४६), अभिनव मयुर कसौधन (१२७१), धर्मराज आचार्य (१३७८), मीना पन्थी (१४२८) र विजय अधिकारी (१३०७) मत ल्याइ विजयी भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले बताए ।

    त्यसै गरी कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह–कोषाध्यक्षमा संजय कुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौडेलले बताए ।