
आइतवार , फाल्गुण २१, २०७९
भैरहवा, २१ फागुन ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भैरहवास्थित रुपन्देही क्याम्पसलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । क्याम्पसको ३२ औं वार्षिक उत्सवको अवसर पारेर शनिबार शैक्षिक सामग्री (स्नातक तहको विद्यार्थीहरुका लागि) १५० वटा पुस्तक प्रदान गरिएको बैंकका सेमरा शाखा प्रबन्धक एकनारायण अर्यालले बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई पुस्तक प्रदान गरिएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने अर्यालले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकले क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद बस्याल र क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीलाई पुस्तक हस्तान्तरण गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij