२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

केयर प्लसद्वारा निःशुल्क मधुमेह र रक्तचाप परीक्षण शिविर

आइतवार , फाल्गुण २१, २०७९

भैरहवा, २१ फागुन । 
केयर प्लस डायग्नोष्टिक एण्ड प्याथोलोजी ल्याब सिद्धार्थनगर–१२ ले शनिबार भैरहवामा एकदिने निःशुल्क स्वास्थ्य परामर्श एवं मधुमेह (सुगर) र रक्तचाप (प्रेसर) परीक्षण शिविर गरेको छ । रुपन्देही क्याम्पस र केयर प्लस ल्याबको सहकार्यमा आयोजित शिविरमा निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण गरिएको हो ।

रुपन्देही क्याम्पसको ३२ औं वार्षिक उत्सवको अवसर पारेर क्याम्पस परिसरमा आयोजित शिविरमा १ सय जना बढीलाई स्वास्थ्य परामर्श दिनुका साथै सुगर र प्रेसर परीक्षण गरिएको कन्सलटेण्ट प्याथोलोजिष्ट डा. अनिता शाहीले बताइन् । उनकाअनुसार शिविरमा थाइराइड परीक्षण रु. ५ सय, होलबडी चेकजाँच रु. २ हजारमा गरिएको थियो ।

IMG_0117.JPG

त्यस्तै अन्य चेकजाँचमा ३० प्रतिशत छुट प्रदान गरिएको केयर प्लस डायग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबले जनाएको छ । शिविरमा कल्सलटेण्ट जनरल फिजिसियन डा. आकाश शाही, कन्सलटेण्ट प्याथोलोजिष्ट डा. अनिता शाही, मेडिकल अधिकृत डा. नम्रता चौधरी लगायतले स्वास्थ्य परामर्श तथा परीक्षण गरेका थिए ।

IMG_0110.JPG