images

शनिवार, बैशाख २२ गते २०८१

तिलोत्तमामा विद्यालयस्तरीय भलिबल प्रतियोगिता सुरु

तिलोत्तमामा विद्यालयस्तरीय भलिबल प्रतियोगिता सुरु

images
images
images
आइतवार, फाल्गुण २१ २०७९
आइतवार, फाल्गुण २१ २०७९
  • तिलोत्तमामा विद्यालयस्तरीय भलिबल प्रतियोगिता सुरु

    भैरहवा, २१ फागुन ।
    तिलोत्तमा नगरपालिका विद्यालयस्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । 

    images
    images
    images

    नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयकाबीच प्रतियोगिता  भएको छ । खेलले मानिसलाई अनुशासित ढंगबाट अगाडि बढाइ पहिचान स्थापित गर्ने भएकोले विद्यार्थीहरुले पढाइसँगै अतिरिक्त क्रियाकलापको रुपमा खेललाई स्थापित गर्नुपर्ने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बताए ।

    नगरपालिकाले खेलको महत्वलाई बुझेकोले खेलकै माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै नगरको पहिचान बनाउने नगरप्रमुख खाणले बताए ।
    खेलले शारीरिक रुपमा सकरात्मक प्रभाव पर्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउने खेल भएकोले विद्यार्थीले पढाइसँगै खेललाई अगाडि बढाउनुपर्ने शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले बताए ।

    भलिबल प्रतियोगितामा छात्रतर्फ १२ टीम खेलाडी र छात्रातर्फ ६ टीमका खेलाडी रहेको कार्यक्रम संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

    शनिबार भएको छात्रातर्फको पहिलो खेलमा शान्ति नमुना मावि र सेन्ट जोसेभिएस खेल्दा शान्ति नमुना माविले जित हासिल गर्यो । सिद्धार्थ इङ्लिस बोर्डिङ् स्कूलले न्यु इन्भारोमेन्ट स्कुललाई पछाडी पार्दै जीत हात पार्यो । गिर्वाण मावि र नवज्योति बोर्डिङ् स्कूलबीचको खेलमा नवज्योति विजयी भयो । न्यु इन्भारोन्ट स्कुललाई पछाडी पारेर सेमीफाइनलमा प्रवेश गरेको सिद्धार्थ बोर्डिङ् स्कुललाई कुवरवर्ती इङ्लिस बोर्डिङले पछाडी पार्दै जीत हासिल गर्यो । सेमीफाइनलमा शान्ति नमुना मावि र नवज्योति बोडिङ् स्कूलबीच भएकोमा नव ज्योति विजयी भएको खेल संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

    त्यस्तै छात्रतर्फको पशुपति मावि र नमुना माविबीच भएकोमा पशुपति विजयी भयो । न्यू इन्भारोमेन्ट र नव ज्योतिबीचको खेलमा नव ज्योति विजयी भयो । शंकनगर दुर्गादत्त मावि र जनज्योति माविबीचको खेलमा जनज्योति विजयी भएको शान्ति नमुना माविका इसिए इञ्चार्ज शुसिल पाण्डेले जानकारी दिए । बाँकी खेल आइतबार बिहानैदेखि हुने आयोजकले जनाएको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij