२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

प्रथम दोभान फाइभ ए साईडमा सेमीफाइनल समीकरण पुरा

आइतवार , फाल्गुण २१, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, २१ फागुन ।
    पाल्पाको दोभानमा भइरहेको प्रथम दोभान फाईभ ए साईड फुटबल प्रतियोगिता–२०७९ मा सेमीफाईनल समीकरण पुरा भएको छ । दोभान खेल मैदानमा शनिबार भएको समूह ‘बी’ बाट एमएफसी क्लब विजयी हुँदै उपाधि दाबी पेश गरेको छ । 

    क्वाटरफाईनल खेलमा आयोजक दोभान एफसी (ए) लाई सडेनडेथमा १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । त्यसै गरी समूह ‘ए’ मा एसवाईसीले गणेश साँस्कृतिक क्लब (ए) लाई सडेनडेथमा १–०, समूह ‘सी’ मा न्यु युथ युनियन तानसेनले विष्णुपुर एफसीलाई १–० तथा समूह ‘डी’ मा दोभान एफसीले लुम्बिनी तिलोत्तमा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । 

    आइतबार बिहान पहिलो सेमीफाईनल खेलमा एमएफसीले एसवाईसी तथा दोस्रो सेमीफाईनल खेलमा न्यू युथ युनियन तानसेन र दोभान एफसीबीच खेल हुने संयोजक सुनिल श्रेष्ठले बताए ।