
शनिवार , फाल्गुण २०, २०७९
कोटिहवा । मास्टर एण्ड मिस नोबल आइकन सिजन ५ शुक्रवार डेलवा रिर्साेट सखुवानिमा सम्पन्न भएको छ ।
नोबल इन्भायरोमेन्ट एकेडेमीको आयोजनामा विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आधारभुत तह छात्र तर्फ स्र्पश खड्का प्रथम, दोस्रो बासुदेव रेग्मी र तेस्रो सचिन काउछा भएका छन् ।
आधारभुत छात्रा तर्फ सिवाली कार्की प्रथम, प्राप्ती सारु दोस्रो र श्रीर्सा महर्जन तेस्रो भएका छन् । प्रिप्राइमेरी तर्फ छात्र तर्फ ओजन केसी प्रथम, प्रणय गुरुङ दोस्रो र डेविट सुर्यबंसी तेस्रो भएका छन् भने छात्रा तर्फ श्रेया नेपाली प्रथम, स्नेहा गुरुङ दोस्रो र दिपशिका रेग्मी तेस्रो भएका छन्थि ।
भ्यूवर च्वाइसको उपाधी अमन कामु मगर र सिभन्या थापा जितेका छन् । ३० जना विद्यार्थीहरुको विचमा भएको प्रतिस्पर्धामा कोरियोग्राफी मिलन मास्के (न्यु सत्य साई कला केन्द्र बुटवल) कार्यक्रम संयोजन सुसन गुरुङ र आस्मा पुनले गरेका थिए ।
कार्यक्रममा निर्णायकको रुपमा मिस तिलोत्तमा वास्तविकता श्रीवास्तव, मिस पश्चिमाञ्चल अमिसा थापा, रन्बे विजेता उमङग क्षेत्री रहेका थिए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नंं १५ का कार्यकारणी अध्यक्ष सोहरद चौधरीको प्रमुख आतिथ्यता, स्वागत कार्यक्रम संयोजक सुसन गुरङ र कार्यक्रम अध्यक्षता विद्यालयका संस्थापक प्रिन्सिपल सुन्दर गुरुङको रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij