२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

चित्रांश युवा सेवा समितिद्वारा होलीमिलन तथा शुभकामना आदानप्रदान

शनिवार , फाल्गुण २०, २०७९

भैरहवा, २० फागुन ।
श्री चित्रगुप्त युवा सेवा समिति भैरहवा, रुपन्देहीले शनिबार भैरहवामा होलीमिलन, शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेको छ ।

रंगहरुको पर्व होलीको अवसरमा संस्कृतिको जर्गेना गर्ने र चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए । समितिले समयसमयमा विभिन्न कार्यक्रम गर्दै आएको र संस्कृतिको संरक्षणमा विशेष जोड दिएको मल्लिकले बताए ।

चित्रांश युथ क्लबको आयोजनामा सिद्धार्थनगर नगरपालिका–६ स्थित श्री चित्रगुप्त मन्दिरमा आयोजना गरिएको भव्य रुपमा सम्पन्न भएको समितिका उपाध्यक्ष दीपक मल्लिकले बताए ।

चित्रगुप्त युवा सेवा समितिका उपाध्यक्ष दीपक मल्लिकको अध्यक्षता, अध्यक्ष रत्नेश मल्लिकको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष तथा समितिका संस्थापक अध्यक्ष छेदीलाल श्रीवास्तव, सिद्धार्थनगर–६ का सचिव विनोद कर्णको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने चित्रांश युथका कोर्डिनेटर अमित श्रीवास्तवले बताए ।