images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

images
images
images
शनिवार, फाल्गुण २० २०७९
शनिवार, फाल्गुण २० २०७९
  • रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

    भैरहवा, २० फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले सैनामैना क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

    images
    images
    images

    सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको नोक्सानीमा जम्मा ८० रनको झिनो योगफल बनायो । लुम्बिनी खुकुरीका बलर चम्किँदा सैनामैनाका ब्याट्सम्यान निरीह बने । सैनामैनाका लागि विशन डुम्रे र सन्जु बोहराले समान १५–१५, विक्रम गौतमले १३ र  बसन्त खड्काले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन समेत जोड्न सकेनन् ।

    ८.५ ओभर बलिङ गरेका लुम्बिनी खुकुरीका इकलाख अहमद वारिसले ५ मेर्डन राख्दै १३ रन खर्चेर ५ विकेट लिए । यस्तै, अजयकुमार चौहानले ३ तथा साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए ।

    प्रतिउत्तरमा लुम्बिनी खुकुरीले १५.३ ओभरमा ३ विकेटको नोक्सानीमा ८४ रन बनाउँदै जीत निकाल्यो । उसको जितमा विराट भण्डारी र निश्चल चौधरीले नटआउट क्रमशः २७ र १८ रन जोडे । बलिङमा सैनामैनाका करण विकले ३ विकेट लिए । लुम्बिनी खुकुरीका इकलाख अहमद वारिस म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

    चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिताको विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij