२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

अवैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा, धैर्य गर्न महासंघको आग्रह

शनिवार , फाल्गुण २०, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २० फागुन ।
    रुपन्देहीका उद्योगी व्यवसायीले खुला सीमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रियस्तरबाट सीमा व्यवस्थापन गर्नुपर्ने बताएका छन ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिलेको विषम परिस्थितिमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए । उनीहरुले खुला सीमाका कारण भइरहेको अवैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले सीमा नाकालाई व्यवस्थित गर्दै सीमाबाट हुने अवैध व्यापारले सीमावारीका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई  कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।

    नियमपूर्वक भन्सार गरेर आएका सामानले अवैध समानासँग प्रतिष्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सीमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सीमानाबाट समेत बढी संख्यात्मक मात्रामा अवैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शुन्य भएको र सरकारको राजस्व समेत कम उठेकोले यस्मा सरकार गम्भिर हुनु पर्ने बताए । सम्भावना देखेर राज्यले गरेको लगानी भन्दा बढि कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकोले सधै यस्तै नरहने औल्याउदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकोले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवश्था आएकोले घटाउने तर्फ महासंघ लागेको बताए । हामीले पटक पटक बचतमा ब्यजदर नबढाउन माग गरिरहेका छौ अहिले बैंकको ब्याज नतिर्ने भन्ने सन्देश जनस्तरमै गएको बताउदै उनले निजी क्षेत्र यसमा नलाग्न आग्रह गरे ।

    उत्पादनमूलक व्यवसायलाई अन्य उद्योग भन्दा कम व्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था  कार्यान्वयन गर्नुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र औद्योगिक विकास र उत्पादनमूलक उद्योग स्थापनामा सरकारबाट ठोस कदम चाल्नुपर्ने, राष्ट्रबैंकको यर्थाथपरक नितिको अभावले कर्जा र तरलतामा समस्या देखिएकोले ध्यान दिनु पर्ने, बैंक तथा वित्तिय संस्थाद्वारा कर्जाको ब्याजदरमा मनोमानी तवरले वृद्धि गर्दै आएका छन् यसलाई नियन्त्रण गर्नुपर्ने, पर्यटकीय हिसाव तथा अन्तर्राष्ट्रिय विमानस्थल संचलानलाई मध्येजनजर गरी रुपन्देही जिल्लाभित्र रात्रीकालीन बजार एवं सवारीसाधन सञ्चालनको व्यवस्थित गर्नुपर्ने, स्थानीय, प्रादेशीक एवं संघिय सरकारद्वारा लागू गरिएका कर एकीकृत रुपमा एकद्वार प्रणालीमार्फत दाखिला गर्ने व्यवस्था मिलाइउनुपर्ने व्यवसायीको माग छ ।,

    जिल्ला सदरमुकाममा रहेको भीम अस्पतालको सेवा प्रवाह र आवश्यक पूर्वाधार तथा  थप स्तोरउन्नतिसहित कम्तीमा १५० सैयाको अस्पतालको रुपमा विकसित गरी अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालन, लुम्बिनीको पर्यटकीय विकास एवं यस क्षेत्रको समग्र आर्थिक विकासको लागि विमानस्थल निरन्तर संचालन र राष्ट्रिय ध्वजावाहक विमानहरुबाट उडान संचालन गर्न जोड दिए । निर्माणको सुरुवात हुन लागेको आएसीपी छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि पहल गर्नुपर्ने, निमार्ण जन्य सामाग्री उत्खनन् गरी निर्यातबाट देशको बढ्दो व्यापार घाटामा कमी ल्याउन सकिने भएकोले यस तर्फ पनि सरकारले ध्यान दिनुपर्ने अध्यक्ष न्यौपानेले भने । न्युज कारखाना