
शनिवार , फाल्गुण २०, २०७९
बुटवल, २० फागुन ।
प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा बुटवलको मर्निङ फुटबल क्लब (एमएफसी) विजयी भएको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित दोभान फुटबल ग्राउण्डमा भएको पहिलो दिनको खेलमा एमएफसीले रोयल जीम एण्ड फिटनेश क्लबलाई ट्राईबेकरमा पराजित गर्दै अन्तिम १४ मा स्थान बनाएको हो ।
शुक्रबार भएको पहिलो दिनको खेलमा समुह ‘बी’ बाट दोभान फुटबल (ए), बुटवल एफसी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी समुह ‘ए’ मा गणेश साँस्कृतिक क्लब (ए), लुम्बिनी तिलोत्तमा (बी), गुड मर्निङ एफसी र एस वाईसी विजयी भएका छन् ।
त्यसै गरी समुह ‘सी’ बाट तिलोत्तमा युवा क्लब (सी), न्यू युथ युनियन एफसी, विष्णुपुर एफसी र ओसिस एफसी बाई पाएर दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी समुह ‘डी’ मा दोभान एफसी (बि), धमकडा ब्रदर्श एफसी, लुम्बिनी तिलोत्तमा क्लब (ए), चपरहट्टी एफसी विजयी भएको अध्यक्ष सन्दिप शेरचनले बताए । प्रतियोगिताको विजेता टीमले नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, उपविजेता टीमले नगद १२ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट विधातर्फ पनि विजेता खेलाडीहरुलाई पुरस्कृत गरिने संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगितामा रुपन्देही, पाल्पाका २८ टीम सहभागी भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij