२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

आयुर्वेदका लागि नेपालकाे वनस्पति जाेगाउनुपर्छ: प्रधानमन्त्री

शुक्रवार , फाल्गुण १९, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १९ फागुन । नेपाल, भारतसहित विभिन्न देशका आयुर्वेद विज्ञहरु काठमाडौंमा भेला भएका छन् । 

    ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा  नेपाल, भारत र युरोप तथा अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीको सहभागिता छ । 

    महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारले नीतिगत निर्णय गरेर जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्ने बताए । 

    नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको बताएका प्रधानमन्त्री प्रचण्डले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने बताए ।