२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

पत्रकार कुलमणि ज्ञवाली सम्मानित

शुक्रवार , फाल्गुण १९, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १९ फागुन ।
    पत्रकार कुलमणि ज्ञवाली सम्मानित भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा ‘कसौधन रामनारायण–धर्मादेवी अक्षयकोष’ सम्मानबाट ज्ञवालीलाई नगदसहित सम्मान गरिएको हो । 

    उनलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, संविधानसभा सदस्य आदित्यनारायण कसौधन लगायतले नगदसहित सम्मानपत्र प्रदान गरे ।

    ‘रुपन्देही जिल्लाका उद्योग, व्यवसाय, कृषि तथा पर्यटन क्षेत्रको आर्थिक विकासका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले खेलेको भूमिकालाई सकारात्मक एवं प्रभावकारी ढंगले समाचार सम्प्रेषणमार्फत आर्थिक रुपान्तरणमा निर्वाह गर्नुभएको विशेष भूमिकाको मूल्यांकन गर्दै ज्ञवालीलाई नगदसहित सम्मान गरिएको हो, ’संघका महासचिव विजय पाण्डेले भने ।

    ज्ञवाली विगत साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल भैरहवाबाट प्रकाशित हुने गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक हुन् । उनी लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।