२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सिटि हस्पिटलद्वारा निःशुल्क मधुमेह तथा मृगौला परिक्षण क्याम्प सञ्चालन 

शुक्रवार , फाल्गुण १९, २०७९

भैरहवा । भैरहवामा रहेको सिद्धार्थनगर सिटि हस्पिटलले साताव्यापी निशुल्क मधुमेह तथा मृगौला परिक्षण क्याम्प सञ्चालन गरेको छ ।

अस्पतालले ४० बर्ष माथिका तथा मधुमेहका लागि जोखिम समुहमा रहेका नागरिकलाई ध्यानमा राखेर स्वास्थ्य परिक्षण क्याम्प सञ्चालन गरेको जनाएको छ ।

अस्पतालले मोटो पन, उच्च रक्त चाप लगाएतका व्यत्तिहरुलाई निशुल्क रुपमा मधुमेह तथा मृगौला परिक्षण कार्यक्रम गरिएको अस्पतालकी सञ्चालन ईन्चार्ज रिता घिमिरेले जानकारी दिईन ।

१७ गते देखि शुरु भएको क्याम्पमा हाल सम्म ५ सय बढीले स्वास्थ्य उपचार गराएको घिमिरेले जानकारी दिइन । उनले स्वास्थ्य परिक्षण गराउन आउने मध्ये अधिकांशमा मधुमेहका बिरामी धेरै रहेको र उनीहरुलाई डाक्टरको परामर्शमा आबश्यक औषधी प्रदान गर्ने गरिएको बताईन । उनले अधिकांशलाई खानपान र जीवन शैली परिवर्तनले निको गराउन सकिने हुँदा डाक्टरहरुले त्यसमा पनि डाक्टरहरुले परामर्श गर्ने गरिएको बताईन ।

परिक्षण क्याम्पमा स्वास्थ्य जाँच गराएका बिरामीहरुलाई थप उपचार गर्नु परेको खण्डमा ओपिडि टिकटमा ५० प्रतिशत छुट र ल्यावमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको ईन्चार्ज घिमिरेले जानकारी दिइन ।

सिटि हस्पिटलले १७ गते सियारी १ कैलाशनगर र ओमसतिया ३ केरवानीमा स्वास्थ्य क्याम्प सञ्चालन गरेको थियो । त्यसैगरी १८ गते तिलोत्तमा १४ टिकुलीगढ र तिलोत्तमा ७ सेमरामा क्याम्प सञ्चालन गरेको थियो ।

आज तिलोत्तमा ६ पहुनी र ६ कै १२ नम्बर बजारमा क्याम्प सञ्चालन गर्ने र भोली २० गते तिलोत्तमाकै बडा नम्बर ४ डिङगरनगर र तिलोत्तमा १ को शिव चोकमा स्वास्थ्य परिक्षण गर्ने अस्पतालले जनाएको छ ।