२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

होटल व्यवसायी संघहरुबीच आई.टी. प्रविधिको प्रयोग विषयक अन्तरक्रिया

शुक्रवार , फाल्गुण १९, २०७९

भैरहवा, १९ फागुन ।
सुबिसु केबल नेट लिमिटेडले रुपन्देही जिल्लाका होटल व्यवसायी संघहरुबीच आई.टी. प्रविधिको प्रयोग विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । बिहीबार भैरहवामा भएको कार्यक्रममा रुपन्देहीका पाँचवटा होटल व्यवसायी संघको सहभागीता रहेको थियो ।

कार्यक्रममा सुबिसु केबल नेट लिमिटेडका आई.टी. विज्ञ प्रशान्त श्रेष्ठ र जुवि विजयले होटल व्यवसायमा इन्टरनेटको प्रयोग, समस्या र समाधानका विषयमा प्रशिक्षण दिनुभएको होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव एवं होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव राजेश महोत्राले बताए । कार्यक्रममार्फत इन्टरनेटबारे धेरै कुरा जान्ने अवसर प्राप्त भएको महोत्राले बताए । उनले भने, ‘अहिलेको युग इन्टरनेट र प्रविधिको युग हो, यसबारे जानकारी लिन एकदमै आवश्यक छ । यो कार्यक्रम आयोजना गर्ने सुबिसु केबल नेट लिमिटेडप्रति आभार व्यक्त गर्दछु ।’

कार्यक्रममा सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतम, लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा र सैनामैना होटल संघका अध्यक्ष झबिन्द्र पोखरेल, होटल व्यवसायी संघका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।