images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देही सुपरलिग : तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

रुपन्देही सुपरलिग : तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

images
images
images
बिहिवार, फाल्गुण १८ २०७९
बिहिवार, फाल्गुण १८ २०७९
  • रुपन्देही सुपरलिग : तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

    भैरहवा, फागुन १८ । तिलोत्तमा क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा विजयी भएको छ । तिलोत्तमाले सैनामैना क्रिकेट क्लबलाई १ सय १२ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

    images
    images
    images

    सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रन बनायो । उसका लागि मनिष थापा र कृष्ण भुसालले समान २४–२४ रन बनाए भने लक्ष्मण कुमालले नट आउट २२, यम क्षेत्रीले २१, महेश रानाले १७, मिर्नाल गुरुङले १३ र विकल अधिकारीले १० रन जोडे ।
    बलिङमा सैनामैनाका करण विकले ४, गणेश गौतमले ३ तथा अशोक विक र सुनिल पौडेलले समान १–१ विकेट लिए ।

    प्रति उत्तरमा सैनौमैना १३.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनको लज्जास्पद स्कोरमा रोकियो । तिलोत्तमाका बलर सामु सैनामैनाका ब्याट्सम्यान खुलेर चल्न नसक्दा टिमले लज्जास्पद हार ब्यहोर्यो । उसलाई सस्तैमा रोक्न ७ ओभर बलिङ गरेका तिलोत्तमाका कृष्ण कार्कीले १ मेर्डन राख्दै १६ रन खर्चेर ५ विकेट लिए । यस्तै, विपिन खत्रीले ३ विकेट लिन सफल भए । सैनामैनाका विक्रम गौतमले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रनसमेत जोड्न सकेनन् । तिलोत्तमाका कृष्ण कार्की म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

    चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्थामिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij