२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सुर्यज्योतिद्वारा मृत्यु दाबीवापतको भुक्तानी रकम हस्तान्तरण

बिहिवार , फाल्गुण १८, २०७९

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • भैरहवा, १८ फागुन ।

    सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ । कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराएका गुल्मीदरबार गाउँपालिका–६, गुल्मी (हाल सिद्धार्थनगर–९, रुपन्देही) का स्व. नरेन्द्र टण्डनको परिवारलाई घरमै पुगेर रु. १४ लाख बीमा दाबी भुक्तानी गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच कम्पनीका जनरल हेड किरण गौतम, भैरहवा शाखा प्रबन्धक वीर सिंह महराले स्व. नरेन्द्रको श्रीमती सीता खत्री टण्डनलाई चेक हस्तान्तरण गरेका हुन् ।

    ‘नरेन्द्र टण्डनको नाममा जारी भएको २ वर्ष ६ महिना अवधिको वैदेशिक रोजगार (म्यादी) जीवनअन्तर्गत बीमित हुनुभएकोमा २०७९ मंसिर १८ गते उहाँको निधन भएको हुँदा रु. १४ लाखको चेक हस्तान्तरण गरिएको हो, ’ कम्पनीका भैरहवा शाखा प्रबन्धक वीर सिंह महराले भने । कम्पनीकाअनुसार स्व. नरेन्द्रले २०७९ असोज ६ गते १० लाखको बीमा गराएका थिए ।

    कार्यक्रममा बोल्दै महराले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने बताए । उनले बीमितका परिवारलाई केही भए पनि राहत पुग्ने बताए ।

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका नरेन्द्रको निधन भएको थियो । कार्यक्रममा अभिकर्ता कमल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।