
बिहिवार , फाल्गुण १८, २०७९
काठमाडौं ,१८ फागुन । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार राताम्मै भएकाे छ । नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा पेगेको छ ।
यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ ।
त्यस्तै कारोबारको आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।
बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ ।
आज सबै उपसमूहहरुको सेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले सेयर करोबार घटेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij