images

सोमवार, बैशाख १७ गते २०८१

माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले

माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले

images
images
images
बिहिवार, फाल्गुण १८ २०७९
बिहिवार, फाल्गुण १८ २०७९
  • माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले

    काठमाडौं, १८ फागुन । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

    images

    एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन् ।   नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन् ।

    राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij