images

शनिवार, बैशाख २२ गते २०८१

आइसिसी विश्वकप लिग–२ : आजबाट सन्दिप लामिछाने पनि मैदानमा

आइसिसी विश्वकप लिग–२ : आजबाट सन्दिप लामिछाने पनि मैदानमा

images
images
images
बिहिवार, फाल्गुण १८ २०७९
बिहिवार, फाल्गुण १८ २०७९
  • आइसिसी विश्वकप लिग–२ : आजबाट सन्दिप लामिछाने पनि मैदानमा

    काठमाडौं, १८ फागुन । 
    आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजवाट नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछाने जोडिने भएका छन् । 
    नाबालिग बलात्कारको मुद्दामा विदेश जान उनीमाथि लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि हिजो मात्रै युईए गएका लामिछानेले आज युएईविरुद्ध नेपालले खेल्ने खेल आबद्ध हुनेछन ।

    images
    images
    images

    सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा विगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् । प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछानेमध्ये एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।

    घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जीत निकालेको थियो । नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

    नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुसमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

    युएई २९ खेलमा १३ मा जीत र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जीत र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । यस खेलमा विजेता टोलीले २०२४ मा  श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्वका साथ हेरेको छ ।

    नेपाली टोली :

    रोहित पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, श्याम, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij