२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम : ट्रक तथा ट्यांकर चालकलाई प्रशिक्षण 

बुधवार , फाल्गुण १७, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १७ फागुन ।
    सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासनसम्बन्धी ट्रक तथा ट्यांकर चालकलाई प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो । नेपाल ट्रक यतायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले ओभरलोड बोकेर नहिँड्न चालकलाई आग्रह गरे ।

    लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले सवारी चालकले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने गरी सवारीसाधन चलाउनुपर्ने बताए । उनले ट्रक पार्किङ्ग गर्दा सडक भन्दा १० फिट टाढा गएर रोक्नुपर्ने बताए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकार राज पन्तले रुपन्देहीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट १ सय २२ जनाको ज्यान गएको र चालु आर्थिक वर्षमा ६२ जनाको ज्यान गइसकेको बताए ।

    प्रशिक्षण कार्यक्रममा १५० बढी चालकलाई प्रशिक्षण दिइएको थियो । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष मधुसुदन आचार्यको स्वागत मन्तव्य तथा महासचिव रुमाखर गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।