२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

यूएई उडे सन्दीप

बुधवार , फाल्गुण १७, २०७९

काठमाडौं, १७ फागुन । क्रिकेटर सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् ।

उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान गरेका छन् ।

नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ ।