२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने

बुधवार , फाल्गुण १७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १७ फागुन । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ ।

    सभामुख देवराज घिमिरेले आगमी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । ‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतवार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ ।