images

सोमवार, बैशाख १७ गते २०८१

प्रतिपक्षको कुर्सीमा कांग्रेस र एमाले दुवै

प्रतिपक्षको कुर्सीमा कांग्रेस र एमाले दुवै

images
images
images
बुधवार, फाल्गुण १७ २०७९
बुधवार, फाल्गुण १७ २०७९
  • प्रतिपक्षको कुर्सीमा कांग्रेस र एमाले दुवै

    काठमाडौं, १७ फागुन । 
    प्रतिनिधसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएको नेकपा एमाले दुवै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन् ।

    images

    ‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्षिप्त प्रतिक्रिया दिदै भने । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।

    उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद् सचिवालयमा पनि जानकारी गराइसकेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij