images

सोमवार, बैशाख १७ गते २०८१

राप्रपाको नीति : माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !

राप्रपाको नीति : माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !

images
images
images
बुधवार, फाल्गुण १७ २०७९
बुधवार, फाल्गुण १७ २०७९
  • राप्रपाको नीति : माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !

    काठमाडौं, १७ फागुन । 
    बाग्मती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ । नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशवाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढने संकेत गरेको हो ।

    images

    मुख्यमन्त्री कार्कीसँग हिजो बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् । ‘राप्रपाका साथीहरुले सरकारवाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नु भएको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुवै पार्टीबीच घनिभुत छलफल भएको छ ।

    यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकी छिन । राप्रपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारवाट बाहिरिने निर्णय गरे पछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो । बुधवार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएको सांसद शाहीले जानकारी दिएकी छिन् । 

    उता, बाग्मती प्रदेशमा रहेका तीन मन्त्रीले आइतवार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सकेका छन । माओवादीका शालिकराम जम्मेरकट्रेल नेतृत्वको सरकार मा रहेका तीन मन्त्रीहरु मा खानेपानी मन्त्री उद्धव थापा, ऊर्जा तथा सिंचाइ मन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री राजु बिष्टले राजीनामा दिइसकेका छन ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij