सुनवल, १६ फागुन ।
एनएमबी बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासीको सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मोडल माध्यमिक विद्यालयका शिक्षक/शिक्षिका एवं कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
एनएमबी बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरतासम्बन्धि सहजीकरण गरेका थिए । उनले बैंकको महत्व र दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, संसारभरबाट एनएमबी बैंकमा खोलिने भिडियो कल खाता, भर्खरै शुरु गरिएको लुम्बिनी बचत खाताबारे जानकारी, शेयर कारोबार सम्बन्धि ज्ञान, एनएमबी बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुविधाबारे अभिमुखीकरण गरेका थिए ।
कार्यक्रममा महाकवि देवकोटा स्कूलका सह–प्राचार्य रुक्मांगद बस्यालले युवा विद्यार्थी एवं शिक्षक÷प्राध्यापकहरुलाई वित्तीय साक्षरता जस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा एनएमबी बैंकलाई धन्यवाद दिदै कार्यक्रमबाट समयसापेक्ष र व्यवहारिक वित्तसम्बन्धि ज्ञान आफूहरुले सिकेको बताए ।
एनएमबी बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरी चारपटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेशभित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधि चुम्न सफल भएको थियो । सो कार्यक्रममा बैंकका कर्मचारी दिनेश बस्याल, कृष्ण पाण्डे लगायतको उपस्थिति रहेको थियो ।