images

बिहिवार, बैशाख २७ गते २०८१

‘भवन निर्माणको भविष्य–हलो ब्रिक’ 

‘भवन निर्माणको भविष्य–हलो ब्रिक’ 

images
images
images
मंगलवार, फाल्गुण १६ २०७९
मंगलवार, फाल्गुण १६ २०७९
  • ‘भवन निर्माणको भविष्य–हलो ब्रिक’ 

    रुपन्देही, १६ फागुन ।
    निर्माण गरिने भवन तथा संरचनामा प्रयोग गरिने ईट्टाको माध्यमबाट मात्रै पनि थुप्रै उर्जा बचत गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले विश्वव्यापी रुपमा उर्जा संकटको बहस चलिरहेको वर्तमान अवस्थामा सामान्य भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग गरिने ईट्टाको माध्यमबाट मात्रै पनि उर्जा बचत गर्नुका साथै उर्जा दक्षता वृद्धि गर्न सकिनेमा जोड दिएका छन् । 

    images
    images
    images

    विश्वका विकसित राष्ट्रहरुले उर्जा बचतका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उर्जा दक्षता वृद्धिका लागी निर्माणका क्रममा प्रयोग गरिने ईट्टाबाट मात्रै पनि भवनको उर्जा खपतलाई झण्डै ३० देखि ४० प्रतिशतसम्म उर्जा बचत गर्न सकिने बताएका हुन् । भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने ईट्टाको विकल्पको रुपमा हलो ब्रिकमार्फत उर्जा बचत गर्न सकिने उनीहरुको भनाइ छ । हलो ब्रिक (प्लाव भएको ईट्टा ) मार्फत उर्जा दक्षताको वृद्धि गर्नुका साथै आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भन्दै यसको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । 

    युरोपियन युनियनको सहयोगमा स्वीच एशिया ग्रान्टस कार्यक्रम मार्फत बिल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (बीन) परियोजनाले नेपालमा उर्जा दक्षताको लागी हलो ब्रिक प्रविधिको प्रर्वद्धनको सुरुवात गरिएको परियोजनाका इञ्जिनियर बिशाल पाण्डेले जानकारी दिए । नेपालको बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश गरी ६० वटा स्थानीय तहमार्फत उर्जा दक्षता वृद्धिको कार्यक्रम सञ्चालन गरेको परियोजनाले लुम्बिनी प्रदेश अन्र्तगत कपिलवस्तुको मायादेवी गाउँपालिकामा अवस्थित एवान ईट्टा उद्योगमार्फत हलो ब्रिक प्रविधिका ईट्टा उत्पादन सुरु गरेको जनाएको छ । 

    ईट्टा उत्पादनको प्रविधि र यसको उपयोगिताको विषयमा परियोजनाले कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेल, मायादेवी गाउँपालीका अध्यक्ष वलिउद्दिन मुसलमान, लुम्बिनी विकास कोषका योजना प्रमुख ई. सरोज भट्टराई, स्थानीय जनप्रतिनिधि, लुम्बिनी प्रदेश ईट्टा उद्योग महासंघका सचिव रुक बहादुर भुषाल, विभिन्न पालिकाकामा कार्यरत इन्जिनियर लगायत सरोकारवाला निकायका प्रतिनिधिलाई स्थलगत अवलोकन गराइएको थियो । 

    बिल्डिङ ईनर्जी इफिसियन्सी इन नेपाल (बीन) परियोजनाको प्राविधिक सहयोगमा सुरु गरिएको हलो ब्रिक उत्पादनको उपयोगिताको विषयमा जानकारी दिदै परियोजनाका टीम लिडर सुयस प्रजापतिले १५ प्रतिशतको हलो ब्रिकको प्रयोगले २४ प्रतिशत माटो कम खपत हुनका साथै ईट्टा उत्पादनमा प्रयोग हुने कोइला खपतमा ३० प्रतिशतसम्म कम खपत हँुदा वार्षिक ५ अर्ब बचत हुने बताए । उनले हाल नेपालमा १ हजार ३ सय ५० वटा ईट्टा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको बताए । उनले हलो ब्रिक ईट्टाको तौल हल्का हुँदा घरको भार कम हुने बताउँदै ईट्टा उत्पादनका क्रममा उत्सर्जन हुने हानीकारक ग्याँसको मात्रा समेत कम हुने भएकोले यो प्रविधि वातावरणमैत्री समेत रहेको उल्लेख गरे । 

    सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले कपिलवस्तुमा ईट्टा उद्योगी व्यवसायी बढी बताए । उजले वातावरणीय र आर्थिक हिसाबले यो प्रविधि निकै उपयोगी रहेको उल्लेख गर्दै यो प्रविधिको प्रयोगमा जोड दिन आग्रह गरे ।

    त्यस्तै मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले मायादेवी गाउँपालिकासँगै कपिलवस्तु जिल्लालाई उर्जा प्रभावकारी शहरको रुपमा विकासगर्न तथा उर्जा प्रर्वद्धनका लागी गाउँपालिकाले विभिन्न नगरपालिका तथा सरोकारवाला प्रतिनिधिसँग समन्वय गरेर आवश्यक नीतिगत व्यवस्था गर्ने बताए । 

    लुम्बिनी प्रदेश ईट्टा उद्योग महासंघका सचिव रुक बहादुर भुसालले पछिल्ला केही समय यता भारतबाट १९ रुपैयाँ प्रतिकिलोमा खरिद गरिने कोइलाको मुल्य ४० देखि ४५ रुपैयाँसम्म मूल्यवृद्धि भएको भन्दै हलो ब्रिक ईट्टा उत्पादनमा ३० प्रतिशतसम्म कोइला खपत कम हुने र वातावरणमैत्री समेत भएको भन्दै यसको प्रवद्र्धन र बजारीकरणमा जोड दिन आग्रह गरे ।

    सो अवसरमा लुम्बिनी प्रदेशमा पहिलोपटक हलो ब्रिक ईट्टा उत्पादन गर्दै उर्जा दक्षता अभिवृद्धि परियोजनामा सहयोग पुर्याएको भन्दै एवान ईट्टा उद्योगका सञ्चालक गोकर्ण खड्कालाई सम्मान गरिएको थियो । 

    कार्यक्रममा परियोजनाका भवन निर्माण सामग्री विशेषज्ञ सानु बाबु डंगोल, लुम्बिनी विकास कोषका योजना प्रमुख ई. सरोज भट्टराई, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, कपिलवस्तु ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अल्ताफ रहमान खाँ लगायतले बोलेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij