२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दै : विमलेन्द्र निधि

मंगलवार , फाल्गुण १६, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • सप्तरी, १६ फागुन । 
    नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् ।

    नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए । ९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । पञ्चायतकालमा पञ्चायतविरूद्धमा सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पुर्याउने काम पत्रकारले नै गर्दै आएको बताए ।