२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

कलाकार पल शाह आज जेलमुक्त हुँदै 

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं, १५ फागुन । 
एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन् । 

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनीविरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसकोविरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाइसकेका छन । नाबालिग माथी बलात्कार गरेको आरोपमा उनी गत वर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाहमाथि झुटा मुद्दा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिनु । उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परीक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुटने तनुहँ कारागार प्रशासनले जनाएको छ ।