
सोमवार , फाल्गुण १५, २०७९
काठमाडौं, १५ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त हुन पुगेका छन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् ।
त्यसै गरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।
वन तथा वातावरण खेलकुद मन्त्रालय २ महिनादेखि रिक्त हँुदै आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।
आइतबार राप्रपाका मन्त्रीहरुले राजीनामा दिए पछि उर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो । राप्रपाका मन्त्रीहरुका राजीनामा स्वीकृत भएसँगै २ महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij