
आइतवार , फाल्गुण १४, २०७९
तिलोत्तमा, १४ फागुन ।
लोकेटार टोल विकास संस्थाको अध्यक्षमा पुनः विनोद श्रेष्ठ चयन भएका छन् । शनिबार तिलोतमा नगरपालिका वडा नम्बर ७ स्थित लोकेटार बजार चोकमा सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा चन्दा सापकोटा, सचिवमा दिपेन्द्र राना र कोषाध्यक्षमा सीता पाण्डे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दलबहादुर क्षेत्री, माधव बस्नेत, युमाया राना पुन, शान्ति कार्की र थानेश्वर पाण्डे रहेका छन् ।
कार्यक्रममा लोकेटार टोल विकास संस्थाको आर्थिक प्रगति प्रतिवेदन कोषध्यक्ष चन्दा सापकोटाले र वार्षिक प्रगति प्रतिवेदन सचिव दिपेन्द्र रानाले प्रस्तुत गरेका थिए ।
समितिको निर्वाचन मण्डलमा संयोजक जमुना लम्साल, सदस्यमा के.एन. सागर ज्ञवाली, रेशम बहादुर रोकाहा, हेमानाथ ज्ञवाली र हिरा बहादुर पिसी रहेका थिए । यसैबीच लोकेटार टोल विकास समितिको पहलमा लोकेटारको विभिन्न ठाउँमा सीसीटिभी क्यामरा जडान गर्नुका साथै पक्की हुन बाँकी रहेको सडक समेत मर्मत गर्ने तिलोत्तमा–७ का वडाअध्यक्ष देवीलाल पंगेनीले बताए । उनले विकास निर्माणको काम समेत गर्न वडा नम्बर ७ सगँ सहकार्यमा गर्ने समझदारी भएको बताए ।
लोकेटार टोल सुधार समितिका अध्यक्ष विनोद श्रेष्ठ अध्यक्षता तथा वडाअध्यक्ष देवीलाल पंगेनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, वुद्धिजीवी लगायतको आतिथ्यता तथा टोलका विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij