२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वर्षाका कारण केपी ओली कपको सेमीफाइनल रोकियो

आइतवार , फाल्गुण १४, २०७९

काठमाडौं, १४ फागुन । 
केपी ओली कपको सेमिफाइनल खेल वर्षापछि रोकिएको छ । त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल वर्षाका कारण रोकिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भएपछि भोलीसम्मका लागि स्थगित गरिएको छ । 

आयोजककाअनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ । आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको  भएको थिएन ।