२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

सुनचाँदीको भाउ घट्यो

आइतवार , फाल्गुण १४, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १४ फागुन । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको पहिलो कारोबार आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।