२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रोट्रयाक्ट लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता

आइतवार , फाल्गुण १४, २०७९

भैरहवा, १४ फागुन ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसले बुटवलमा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । रुपन्देहीका विद्यालयहरुबाट एक जना छात्रासहितको तीनजनाको समूहमा सहभागी गराइ प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष दीपक अधिकारीका अनुसार फागुन १० मा लुम्बिनी वाणिज्य क्याम्पसमा छनोट चरणको कार्यक्रमबाट ६ वटा समूह अन्तिम चरणको हाजिरीजवाफ प्रतियोगितामा प्रवेश गरेका थिए ।

रोटरी क्लब अफ बुटवलको सचिवालयमा भएको प्रतियोगितामा कान्ति मावि प्रथम, एभरेष्ट मावि द्वितीय र मणिमुकुन्द मावि तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद रु. ७ हजार, ५ हजार र ३ हजारसहित मेडल र प्रमाणपत्रले प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी विद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक विशाल आचार्यले बताए ।

क्लबका अध्यक्ष दीपक अधिकारीको अध्यक्षता तथा रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसका पूर्वअध्यक्षहरु, कुमारी बैंक बर्दघाट शाखाका प्रमुख कृष्ण पन्थी, अमृत पौडेल, क्याम्पस प्रतिनिधिहरु र क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।