२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

अर्थमन्त्री पौडेल स्वदेश फर्किए

आइतवार , फाल्गुण १४, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौ, १४ फागुन । 
    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फर्किएका छन । ११ फागुनमा उनी अर्थमन्त्रीहरुको जी २० का सम्मेलनमा भाग लिन भारत गएका थिए । उनी शनिबार राती ९ बजे स्वदेश फर्किएका हुन् । 

    सम्मेलनमा गएका बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए।

    जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार गरी दुईदिन चलेको थियो । उक्त सम्मेलनमा नेपाल सदस्य नरहे पनि भारतले नेपाललाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी भएका थिए ।