२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कुवेतमाथि नेपालको सानदार जीत

आइतवार , फाल्गुण १४, २०७९

काठमाडौं, १४ फागुन । ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसीसी यू–१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जीत हात पारेको छ । ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेको हो । 

लगातार दोस्रो जीतसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू–१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।