२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पहिलोपटक क्यानको साधारणसभा कर्णाली प्रदेशमा

आइतवार , फाल्गुण १४, २०७९

सुर्खेत, १४ फागुन । 
नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजवाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ । क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलोपटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो  ।

२ दिनसम्म सञ्चालन हुने साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, ३ जना पर्यवेक्षक, एम्पायर र कोच एक–एकजना गरी करिब ८७ जना सहभागी हुनेछन् । साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धीबारे छलफल हुनेछ । 

हिजो गरिएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको र त्यसका लागि पहिलोपटक कर्णाली प्रदेशमा साधारणसभा आयोजना गरिएको जनाएका थिए ।