
आइतवार , फाल्गुण १४, २०७९
बुटवल, १४ फागुन ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित धार्मिक ऐतिहासिक शिवालय मन्दिर व्यवस्थापन समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार एक समारोहकाबीच कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले सनातन हिन्दु धर्मले समाजलाई सही बाटोमा डोर्याउन मद्दत मिलेको बताए । मन्दिरको इतिहास स्मरण गर्दै उनले मन्दिरको गरिमा बढाउने गरी समिति लाग्नुपर्ने उनले सुझाव दिए । विगतमा पाँच दिनसम्म मेला लाग्ने यो ऐतिहासिक धार्मिक मन्दिरको आस्थालाई कायम गराउने गरी गुरुयोजना बनाएर लाग्नुपर्ने उनले बताए ।
समितिका अध्यक्ष रुद्र भण्डारीले मन्दिर व्यवस्थापनमा सबैको साथ जरुरी रहेको बताए ।
त्यसै गरी मन्दिर व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषमा मोतिलाल जैसी, डम्वर तिवारी, रुद्र भण्डारी, चन्द्रप्रकाश जैसी पौडेल, अजित श्रेष्ठले ५१ हजार रुपैयाँ सहयोग गरेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij