२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

पत्रकार मनोज हितंगाको सडक दुर्घटनामा मृत्यु 

आइतवार , फाल्गुण १४, २०७९

बुटवल, १४ फागुन ।
पत्रकार मनोज हितंगाको सडक दुर्घटनामा परी ज्यान गएको छ ।  गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार हितंगाको ज्यान गएको हो । 
गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईनतर्फ गईरहेका हितंगा सवार माेटरसाइकल  र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउँदै गरेको

यात्रुबाहक बस बसपार्क नजिकै एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाबाट गम्भिर घाईते हितंगालाई स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । 

लामो समयदेखि टेलिभिजन क्यामेराम्यानको रुपमा कार्यरत हितंगा पछिल्लो समय एन.एन.टिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वादाताको रुपमा कार्यरत थिए ।
पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए । हितंगाका बुवा, श्रीमती र २ भाइ रहेका छन् ।