२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

तिनाउ टोल विकास कोषमा नेतृत्व तथा वित्तीय तालिम

आइतवार , फाल्गुण १४, २०७९

बुटवल, १४ फागुन ।
तिनाउ टोल बचत तथा विकास कोषले कार्यसमिति पदाधिकारी, सदस्य, लेखा समितिका सदस्यहरु गरी २५ जनालाई एक दिने नेतृत्व तथा वित्तीय साक्षरताबारे तालिम दिएको छ ।
कार्यक्रमको एक समारोहकाबीच वडा नम्बर ३ का वडा महिला सदस्य रतिमला विकले उद्घाटन गर्दै टोलस्तरमा रहेका संघसंस्थाहरुलाई चलायमान बनाउन दिइने तालिमलाई व्यवहारिक बनाउनुपर्ने बताइन् । कार्यक्रममा संस्थापक अध्यक्ष गोपाल प्रधानले स–साना बचत संकलन गरी बचतकर्तालाइ ऋण दिने तथा स्वरोजगारमा अग्रसर गराउँदै आएको बताए । 

प्रशिक्षक शिवराज बस्याल, रामविलास गुप्ताले तालिमलाई सहजीकरण गरेका थिए । संस्थामा कार्यक्रम सञ्चालन, भाषण कला विकास, औपचारिक रुपमा संस्थाको बैठक, माईन्यूट लेखन लगायतका बारेमा प्रशिक्षण दिइएको थियो । 

वि.सं. २०५७ सालमा स्थापना भएको संस्थाले सदस्यहरुबाट मासिक ३० रुपैयाँ उठाएर बचत संकलन सुरु गरेको थियो । संस्थाका अध्यक्ष अमित क्षेत्रीले वार्षिक योजना बनाएर संस्थालाई व्यवस्थित र कर्मचारी, पदाधिकारीहरुको क्षमता विकासका कार्यक्रम ल्याएको बताए । संस्थामा १ सय ६० जना सदस्यहरु रहेको सचिव तनुजा राना घर्तीले बताइन् ।