
शनिवार , फाल्गुण १३, २०७९
काठमाडौं, १३ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको छ । प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारवाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजीनामा बुझाएको हो ।
राप्रपाबाट प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij