
शनिवार , फाल्गुण १३, २०७९
विराटनगर, १३ फागुन ।
प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन् । काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजीनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजीनामा दिन लागेका हुन् ।
राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् । ‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अव सरकारमा रहन्नौ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोली राजीनामा दिनुहुनेछ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij