२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

तमु सञ्चारकर्मी संघ रुपन्देहीको अध्यक्षमा चित्र गुरुङ निर्वाचित 

शनिवार , फाल्गुण १३, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • रुपन्देही, १३ फागुन । 
    तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको प्रथम भेलाबाट चित्र गुरुङको अध्यक्षतमा ९ सदस्यीय समिति गठन गरेको छ । बुटवलस्थित रामनगर बौद्ध गुम्बामा शनिबार भएको प्रथम भेलाले गुरुङलाई चयन गरेको हो । जसको उपाध्यक्षमा निरु गुरुङ (मनु) सचिवमा संजय गुरुङ र कोषाध्यक्षमा विष्णुमाया गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा राम बहादुर गुरुङ, खिनु गुरुङ, नरेश गुरुङ, लब्सन गुरुङ र पोबिन्द्र गुरुङ रहेका छन् ।

    भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । संघको वरिष्ठ सल्लाहकारमा भिम प्रसाद गुरुङ र देवराज गुरुङ र कोम बहादुर गुरुङ (कुमार) रहने रहेका छन् । जसमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समिति संरक्षकको रुपमा रहने संघले जनाएको छ ।

    तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समितिका सचिव ओम गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कोषाध्यक्ष मन प्रसाद गुरुङ लगायतको सहभागीता रहेको थियो  ।