२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

कपिलवस्तु–रुपन्देही सेवा समाज गठन गरिने, तदर्थ समितिको अध्यक्षमा श्रेष्ठ

शनिवार , फाल्गुण १३, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १३ फागुन ।
    कपिलवस्तु–रुपन्देही सेवा समाज गठन गर्ने उद्देश्यले शनिबार भैरहवामा एक भेला सम्पन्न भएको छ । भेलाले कपिलवस्तुबाट रुपन्देहीमा आइ स्थायी, अस्थायी बसोबास गर्ने विभिन्न पेशा व्यवसाय, अध्ययन अध्यापन गर्ने क्रममा रुपन्देहीमा रहने नागरिकबीच भाईचारा, एकता, आपसी सहयोग, सामाजिक कार्य गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने गरी हाल तदर्थ समिति गठन गरिएको छ ।

    कपिलवस्तु र रुपन्देहीमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने गरी हाल तदर्थ समिति गठन गरिएको ई. जीवन अर्यालले बताए ।

    तदर्थ समितिको अध्यक्षमा कमलेश बहादुर श्रेष्ठ उपाध्यक्षमा सुष्मा शर्मा, सचिवमा पुरन सिंह, कोषाध्यक्षमा बलजित सिंह, सदस्यहरूमा ई.राकेश पाण्डे, अशोक ढकाल र सुनिता शर्मा रहेका छन् ।

    भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारमा प्रतिभा शर्मा देवकोटा, ई. जीवन अर्याल, डा. अनन्त कुमार शर्मा र मोहनमान श्रेष्ठ रहेका छन् ।

    नवगठित तदर्थ समितिलाई गोबिन्द रेग्मी, प्रतिभा शर्मा देवकोटा, डा. अनन्त कुमार शर्मा, ई. जीवन अर्याल, मोहनमान श्रेष्ठ, अन्तरिक्ष शर्मा, अमिताभ शर्मा, राजेश कुमार श्रेष्ठ, कमल शर्मा, कान्ता शर्मा लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्दै नव गठित समितिले गर्नुपर्ने काम, कर्तव्य तथा भूमिकाबारे स्पष्ट पारेका थिए ।

    जेष्ठ नागरिक सुर्य बहादुर श्रेष्ठको अध्यक्षता तथा ई. जीवन अर्यालको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।
    यसैबीच हाल क्यानेडा रहेका अमिताभ शर्माले क्यानिडियन २ सय डलर  हाल सिंगापुर रहेका राजेश कुमार श्रेष्ठले संस्थालाई रु. १ लाख सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।