२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा २ जनाको उम्मेदवारी 

शनिवार , फाल्गुण १३, २०७९

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा, १३ फागुन ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा नयाँ कार्यसमिति चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार अध्यक्षमा पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ र महासचिव विजय पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
    प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलले संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य र अरुणकुमार गोयनकाको उम्मेदवारी परेको बताए । आचार्य वर्तमान उपाध्यक्ष (वाणिज्य) र गोयनका उपाध्यक्ष (कर्पोरेट) हुन् ।

    त्यस्तै उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली र रविकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । कर्पोरेट उपाध्यक्षमा भने रोहितकुमार अग्रवालको एकल उम्मेदवारी परेको छ ।
    त्यसै गरी उपाध्यक्ष (उद्योग) मा हरिबहादुर थापा र दिलिप कुमार कान्दु, महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमलप्रसाद मरासिनी र गौरब श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । सह–कोषाध्यक्षमा संजयकुमार बेरिवालको एकल उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिए ।

    कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनकाको उम्मेदवारी परेको छ भने वस्तुगत सदस्यमा चन्द्रप्रकाश श्रेष्ठ र प्रितम रौनियारको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने, उद्योग महिला सदस्यमा पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेको छ ।

    त्यस्तै उद्योगतर्फ खुल्ला सदस्यहरुमा रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमाशंकर मिश्र र भुवन कुमार कान्दुको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, वीरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकीप्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलले बताए । आगामी फागुन २० गते हुने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको निर्वाचन हुँदैछ ।