२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति आवश्यक : प्रकाशरण महत

शुक्रवार , फाल्गुण १२, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानको रक्षाका लागि पनि कांग्रेसबाटै राष्ट्रपति हुन आवश्यक रहेको बताएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको दाबी गरे ।

    अन्य दलको पनि समर्थन जुटाउन छलफल भइरहेको जानकारी दिएका उनले शुक्रबार साँझ बस्ने बैठकमा प्याकेजमै सहमति हुने दाबी गरे ।

    राष्ट्रपति पदमा माधवकुमार नेपाल योग्य उम्मेदवार भए पनि अहिले कांग्रेसबाटै राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।