२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

सन्दीप लामिछानेको निवेदनमाथि १५औँ नम्बरमा सुनुवाइ

शुक्रवार , फाल्गुण १२, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १२ फागुन । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ। 

    नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

    उक्त निवेदनमाथि सुनुवाइ गर्न शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ । खतिवडाको इजलासको १५औँ नम्बरमा सन्दीपको निवेदनमाथि सुनुवाइ हुनेछ । लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।