
शुक्रवार , फाल्गुण १२, २०७९
काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ ।
२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ।शुक्रबार मध्यान्हसम्म दावी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यसैगरी १३ फागुन अर्थात् शनिबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij